![](https://onlinedabali.com/wp-content/uploads/2022/06/bhukampa-1-e1700703451999.jpg)
नेपालगंज । मध्यराति भूकम्पले पश्चिम नेपाल हल्लाएको छ । भूकम्पको कम सम्भावना रहेको क्षेत्र मानिँदै आएको बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
केन्द्रका अनुसार गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका धेरै जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।
मध्यराति भएकोले धेरैले थाहा नै पाएनन् भने बाँके आसपास बढी धक्का महशुस भएकाले केही नागरिकहरु घर बाहिर निस्किएका थिए । भूकम्पको लागि बाँके बर्दिया तुलनात्मक रुपमा सुरक्षित रहेको एक अध्ययनले देखाएको थियो ।
यसअघि साउनको २१ गते नुवाकोटको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।