आज :

ताइवान तनाबबारे महाथिरले मुख खोले – चीनले जुनसुकै बेला हमला गर्न सक्छ

  • अनलाइन डबली

काठमाडौँ । आधुनिक मलेसियाका निर्माता पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । ताइवानबारे महाथिरले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

पश्चिमा देशहरूका आलोचकका रूपमा रहेका महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को भर्खरैको ताइवान भ्रमण चीनप्रति अमेरिकीले आफ्नो विरोध जनाएको बताए । उनले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताउका छन् ।

पूर्वप्रधानमन्त्री महाथिरले एक अन्तरवार्ताको क्रममा चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताए । अन्तरवार्ताकै क्रममा उनले समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको दाबी समेत गरे ।

चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र अहिलेसम्म त्यसो नगरेकाले अब पनि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताए । अमेरिकाले युद्ध भएमा ताइवानलाई सघाउने बाहनामा हतियार बेच्न पाउने विश्लेषण गरेको महाथिरले बताए । उनले युद्ध तथा अस्थिरता भए आफूलाई फाइदा हुने ठानेर अमेरिकाले ताइवानलाई उक्साइरहेको बताए ।

उमेर ९७ वर्ष पार गर्न लागेको पूर्वप्रधानमन्त्री महाथिरको अन्तरवार्ता अहिले विश्वभर चर्चाको विषय भनेको छ । यसबारे पश्चिमा संचारमाध्यमहरुले समाचार प्रसारण गरेपनि अमेरिकी अधिकारीहरुले धारणा सार्वजनिक गरेका छैनन् ।

सभामुख न्यान्सी पेलोसीको भ्रमण गराएर विवादमा घ्यू थपेको अमेरिकाले फेरि सांसदहरुको टोली पठाएको थियो । केही अन्तर्राष्ट्रियसंचारमाध्यमहरुका अनुसार अमेरिकाले फेरि अर्को भ्रमण टोली पठाउँदैछ । चीनले अमेरिकाको भ्रमणसँगै युद्ध अभ्यास सुरु गरेको छ । पेलोसी फर्केलगत्तै सात ठाउँबाट ताइवानलाई घेरेर चीनले एक हप्तासम्म बास्तविक युद्ध अभ्यास गरेको थियो । अहिले पनि जल र हवाई क्षेत्रमा गस्ती जारी छ । साउथ चाइना सीमा युद्धपोत समेत तैनाथ गरिएका छन् ।

एक अध्ययनका अनुसार चीनले ४ लाख सैनिक ताइवानमा हमलाको लागि तयारी अवस्थामा राखेको छ । त्यस्तै, ८ सय लडाकु विमान पनि तयारी अवस्थामा राखेको छ । चीनले हमला गर्ने अवस्थामा युक्रेनमा रुसले जस्तो युद्ध नलम्ब्याउने बताइन्छ । पश्चिमा संचारमाध्यमहरुले युक्रेनलाई देखाएर ताइवानमा हमला गर्न चीनलाई उक्साइरहेको बताइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal