आज :

कोरोना संक्रमण उकालोतिरैः संक्रिय संक्रमितको संख्या ५ हजार २४, ४९ जनाको अवस्था गम्भीर 

  • अनलाइन डबली

काठमाडौं । केही दिनदेखि कोरोना भाइरस संक्रमण लगातार उकालोतिरै छ । केही दिनमा सून्य संक्रमित भएको थियो तर गएको महिनाको मध्यबाट संक्रमितको संख‍या बढ्न थालेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ३७७ जनामा संक्रमण भएको पुष्टि भएको छ । १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्या भेटिएको मन्त्रालले जानकारी दिएको छ ।

आजका संक्रमितसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने १९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा छन् ।

यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal