आज :

हिमानी शाहलाई एकाएक अस्पताल पुर्याइयो, के छ अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी छन्।

उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए।

उनी अस्ट्रेलियाबाट सोमबार काठमाडौं फर्किएकी हुन्। यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएको पाठकले बताए।

अस्ट्रेलिया जानेमा पूर्वयुवराज्ञी शाहसहित राजपरिवारका दुई सदस्य पूर्वअधिराजकुमारीहरू शिताष्मा र दिलाशा शाह पनि थिए।

नेपालका बालबालिकाका लागि स्वच्छ पानीको पहुँच कार्यक्रम ‘एक्सेस टु क्लिन ड्रिकिङ वाटर प्रोजेक्ट’ का लागि सहयोग जुटाउन उनीहरू त्यहाँ गएका हुन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal