आज :

बञ्चरेडाँडामा प्रहरी सुरक्षाबीच फोहर ब्यबस्थापन

  • अनलाइन डबली

बञ्चरेडाँडामा प्रहरी सुरक्षाबीच फोहर ब्यबस्थापन भएको छ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायब उपरीक्षक पूर्णचन्द्रले भट्टले स्थानीयको सामान्य बिरोध भएता पनि १ सय ५० गाडी भन्दा बढी फोहर  बञ्चरेडाँडामा खसाउन थालिएको बताए।

नायब उपरीक्षक भट्ट भने  ‘ बिहानो केहि समुह बिरोधमा निस्किएता पनि मध्यान्ना सम्ममा सामान्य बिरोध भैरहेता पनि बलप्रयोग गर्ने पर्ने अवस्था  आएको छैन । ’

बञ्चरेडाँडामा काठमाडौं, नुवाकोट, धादिङ प्रहरी र सशस्त्र प्रहरी गरी तीन सयको हाराहारीमा प्रहरी खटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र नुवाकोटका प्रहरीका प्रमुख पनि त्यहाँ खटिएका छन्।

मंगलबार पनि फोहोर बोकेर गएका गाडीलाई सिसडोल र बञ्चरेडाँडाको बीचमा पर्ने आलेटारमा रोकिएको थियो। केही समूहले दिनभरि डाँडामा बसेर गाडीमाथि ढुंगा हानेका थिए।

अवरोध हटाउन गएको प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal