आज :

आज भदौ १ गतेदेखि देउवा सरकारले लगायो यस्तो प्रतिबन्ध, तपाई पनि थाहा पाउनुहोस

  • अनलाइन डबली

काठमाडौँ । देउबा सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो।

विभागले जारी गरेको सूचनामा वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागु गर्ने तयारी रहेकोले सबैले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन आग्रह गरेको छ।

भदौ १ बाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले भनेको छ।

विभागका अनुसार सरकारले यसअघि २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो।

प्लाष्टिकका झोला प्रतिवन्धको सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद्को गत माघको निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेकोसमेत विभागले स्पष्ट पारेको छ।

कोभिड-१९ को प्रकोपका कारण केही समय अनुगमन खुकुलो भएपछि पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको विभागको भनाइ छ।

‘कोभिड-१९ को प्रकोपका कारण केही सयम अनुगमन खुकुलु भएको सन्दर्भमा पछिल्ला दिनहरूमा ४० माइक्रोनभन्दा कम पातला प्लास्टिकका झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको महसुस भएको छ’, विभागले भनेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal