आज :

पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

  • अनलाइन डबली

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परीक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परीक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यसैबीच पछिल्ला केही साता कोभिड सङ्क्रमणदर उच्च रहँदा उस्तै लक्षण देखिने अन्य भाइरसबाट हुने सङ्क्रमण पनि बढिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

ज्वरो आउने, जीउ दुख्ने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या कोरोनाभाइरसको सङ्क्रमणका लक्षण हुन् तर पछिल्लो समय धेरै बालबालिका सङ्क्रमित भएको एडिनोभाइरसका लक्षणहरू पनि उस्तै छन्।

सबै उमेर समूहका मानिसहरूलाई लक्षण देखिने कोरोनाभाइरस र बालबालिकालाई सताउने एडिनोभाइरसबाहेक उस्तै लक्षण देखा पर्ने डेङ्गी सङ्क्रमण पनि नेपालका केही जिल्लामा देखिएको छ।

नेपालमा हरेक वर्ष वर्षा याममा फैलने डेङ्गीबाट पनि विगत सात महिनामा ९०० जना सङ्क्रमित भइसकेका छन्। यस बाहेक मलेरिया, निपा भाइरस र स्क्रब टाफइसको सङ्क्रमण पनि नेपालमा फाट्टफुट्ट देखा पर्ने गरेको छ।

स्वास्थ्य अधिकारीहरूले दक्षिण अफ्रिका युरोप र अमेरिकासम्म फैलिइसकेको र छिमेकी भारतसम्म आइपुगेको मङ्कीपक्स नेपालमा पनि देखा पर्ने जोखिम उच्च रहेको भन्दै सचेत पनि गराएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal