आज :

भुवन केसीको मुद्दामा सर्वोच्चले के दियो अन्तरिम आदेश ? क-कसलाई लाग्यो झट्का ?

  • अनलाइन डबली

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश गर्ने नगर्ने सम्बन्धनमा दुवै पक्षलाई छलफल गर्न उपयुक्त देखिएको भन्दै छलफलका लागि भदौ २ गतेको पेसी तोकेको हो ।

यसको साथै केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरिएको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को निर्णयसहितको सक्कल फाइल झिकाउन आदेशसमेत दिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal