आज :

चीनलाई चुनौती दिँदै फेरि अमेरिकी सांसदको टोली ताइवान पुग्यो, अर्को जवाफ दिने चीनको तयारी

  • अनलाइन डबली

काठमाडौँ । चीनको चाँसोलाई चुनौत दिँदै अमेरिकी सांसदहरुको एक टोली ताइवान पुगेको छ । सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको तनाव सेलाउन नपाउँदै अमेरिकाले अर्को टोली ताइवान पठाएको हो । सेनाको विशेष विमानमार्फत अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको हो ।

पेलोसीको विवादित भ्रमणको दुई हप्ता नबित्दै म्यासाचुसेट्सका सिनेटर मार्कीको नेतृत्वमा अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल दुई दिने भ्रमणको लागि आइतवार राति ताइवान पुगेको छ । टोलीले राष्ट्रपति साइ इङ्ग–वेनसहित उच्च ताइवानी नेतालाई भेट्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।

ताइपेईमा रहेको अमेरिकी दूतावासका अनुसार अमेरिकी प्रतिनिधिमण्डलले आज बिहान ताइवानको राष्ट्रपति कार्यालयमा राष्ट्रपति साईसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चीनको निरन्तर सैन्य चेतावनीबीच ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको रक्षा गर्न भारतलगायत सबै समान विचार भएका राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्दै आफ्नो आत्मरक्षा क्षमतालाई निरन्तर बढाउने बताएको छ ।

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको भ्रमणको जवाफमा चीनले एक हप्ता लामो सैन्य अभ्यास गरेको थियो । अहिले पनि गस्ती जारी रहेको छ । चीनले परिवारसहित पेलोसीमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ संचारमाध्यमहरुले अमेरिकाले एक पछि अर्को जिस्काइरहेको बताउँदै त्यसको जवाफ दिने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal