आज :

रुपन्देहीमा गोली चल्यो, एक युवक घाइते

  • अनलाइन डबली

रुपन्देही । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गो ली चलेको छ । अज्ञात समूहले चलाएको गो ली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गो ली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् ।

प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुलेको एसपी रेग्मीले बताए । गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । विकास भन्सारमा सामान पास गराउने काम गर्दै आएका थिए । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal