
काठमाडौँ । सुन्दरीजल स्थित खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार भएको छ । सुन्दरीजल बागमती खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरी संगको सहकार्यमा शनिबार उद्धार र्गन सफल भएको छाँगो क्यानोनिंग कम्पनिका प्रशिक्षक् किसोर शाहीले जानकारी दिए ।
‘स्थानीय एक युवकबात दिउसो २ मैले खबर पाएँ , तुरुन्त उद्धार सामग्रीका साथ उसलाई नै लिएर खोज्न निस्किए , ठुलो ढुंगाको चेपमा पानीको उच्च धारका बीच अड्किएर बसेको रहे छ , रोप , लक्क्र् क्यार्बिनर फित गरि तत्काल पुगेका सेना र प्रहरीका टोलिको सहयोगमा ति युवक बर्ष २७ का सन्देश कार्कीको जिवितै उद्धार गर्न सफल भयौ । ’ प्रशिक्षक् शाहीले भने ।
यसै गरि घटना घटेको तत्कालै प्रहरी प्रभाग सुन्दरीजलबाट प्रहरी नायव निरीक्षक धिरेन्द्र थपलियाको कमाण्डमा प्रहरी टोली परिचालन गराइएको थियो । नेपाली सेना बिपद तथा उद्धार गण, सुन्दरीजलबाटसमेत टोली खटिई निज चिप्लिएको ब्यक्तिको खोज तथा उद्धार कार्य सामेल भएका थिए । निकै जोखामका बीच २ घण्टा ३० मिनेटको मेहनतमा ति युवकको उद्धार भएको छ ।
प्रशिक्षक शाही नेपालमा जोखम युक्त झरनामा खेलिने खेल ( क्यानिनिंग ) भित्र्याउने पहोलो ब्यक्ति हुन् । तीन दशकको लामो अनुभवमा शाहीले विपद तथा दुर्घटना परेकालाइ उद्धार गरेको अनुभाव रहेको छ ।