आज :

नेपालमा कोरोना भाइरसबाट ११ हजार ९८६ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ५ हजार ४३४

  • अनलाइन डबली

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ९८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप दुई जनाको ज्यान गएसँगै यो संख्या पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल ३ हजार १६५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६२ जना र एन्टिजेन विधिबाट १०१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ५०१ जना सङ्क्रमणमुक्त पनि भएको मन्त्रालयले जानकारी दिएको छ । अहिले देशभर ५ हजार ४३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । देशभर थप १ लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal