Skip
आज :

बुस्टर मात्रा खोपले गम्भिर बिरामी, मृत्यु हुनबाट ८५ प्रतिशत रोक्छ- स्वास्थ्य मन्त्रालय

  • अनलाइन डबली

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् ।

३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए ।

त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले खोप नलगाएका सबैले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्कता अनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन उनले आग्रह गरे ।

यस्तै,कोभिड–१९ बाट संक्रमित लगभग ५० प्रतिशत मानिसहरुमा कुनैपनि लक्षण देखिँदैन् । खोप नलगाएकाहरुलाई कोरोना संक्रमण भएको खण्डमा गम्भीर रुपमा बिरामी पार्नुका साथै मृत्यु हुन सक्ने सम्भावना खोप नलगाएका मानिसको तुलनामा १० गुणा बढी हुने उनले बताए ।

सबै जना कोरोना संक्रमणको जोखिममा रहेकाले कोरोनाविरुद्धको खोपको पूर्ण र बुस्टर मात्रा समयमै लगाउन आग्रह गरिएको छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने उनले बताए ।

यस्तै, खोप नलगाएकाहरुलाई तुरुन्त स्वास्थ्य संस्थामा गएर पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन प्रवक्ता अधिकारीले आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal