आज :

भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो, १०० घर प्रभावित

  • अनलाइन डबली

काठमाडौं । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि खोला आसपासका केही बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ ।

वडानम्बर १ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, मध्यपुर ठिमी नगरपालिका-२ मनोहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । त्यहाँबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरिएको छ । एक अर्को फर्मबाट गिरिराज कुखुराका ४५ चल्चा बगाएको छ ।

वडानम्बर १ मा रहेको सुकुमबासी बस्तीमा रहेका ६० घर पनि डुबानमा परेका छन् । प्रहरीका अनुसार त्यहाँ सबै सुरक्षित रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal