आज :

एकैसाथ ३४ जना डीएसपीको सरूवा, कसलाई कहाँ पठाइयो ? सूचीसहित

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलगायतका डिएसपीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार प्रहरी प्रधान कार्यालय जनसम्पर्क उप-शाखामा कार्यरत होमबहादुर थापा नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्‍यवस्थापन महाशाखा सुरुवा भएका छन् ।

त्यस्तै महानगरीय अपराध महाशाखा टेकु, काठमाडौं स‌गठित साइबर आर्थिक एवं विशेष अपराध शाखामा कार्यरत किरण प्रसाद न्‍यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गणमा कार्यरत केशर बहादुर कार्कीलाई नेपाल प्रहरी गण सामाखुसीमा सरुवा गरिएको छ । त्यस्तै

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग लागु औषध शाखामा कार्यरत दुदिमाया लामा नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेमा सरूवा भएकी छन् ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत फणिन्द्र रानाभाटलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनमा सरुवा गरिएको छ । हेर्नुस् सूचना

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal