आज :

चुनावी तालमेलबारे छलफल गर्न बाबुराम र महिन्द्र बालुवाटारमा

  • अनलाइन डबली

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव बालुवाटार गएका छन्।

आगामी चुनावबारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई र यादव आज बालुवाटार गएका हुन्। समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मंसिर ४ को चुनावमा जान चाहेको छ।

आगामी चुनावमा गठबन्धन गरेर जानेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न भट्टराई र यादव बालुवाटार गएका हुन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

‘चुनावी गठबन्धन लगायतबारे पनि कुरा हुन्छ,’ उनले भने। बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा छन् भने महिन्द्र सर्लाहीमा चुनाव लड्ने तयारीमा छन्।

समाजवादी पार्टीले आफूहरू सत्ता गठबन्धनमै रहेको बताउँदै आएको छ। जसपा छाडेर बाबुराम र महिन्द्रले नयाँ पार्टी हालसालै गठन गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal