
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा ५६८६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
यसैबीच नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।