आज :

पुटिन-किमबीच मिलेर लड्ने सहमति ! उत्तर कोरियाको सेना युक्रेन पुगेपछि अमेरिका-नेटो हैरानीमा

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लोदिमिर पुटिन र जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच गोप्य सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । दुबै नेताबीच युक्रेनमा मिलेर पुर्निनिर्माण गर्ने सहमति भएको बताइएको छ । फोन र विश्वास पात्रहरुमार्फत भएृको संवाद पछि यो सहमित भएको बताइएको छ ।

युद्धका कारण ध्वस्त भएको युक्रेनीको पूर्वी लुहान्स्क र डोनेट्स्कको पुनर्निमाणको लागि उत्तर कोरियाले प्राविधिकसहित एक लाख सेना सो क्षेत्रमा पठाएको बताइएको छ । उत्तर कोरियाले आफ्नो देशका इन्जिनियर– बिल्डरसहित सेना पठाएको हो ।

डेली एकेका अनुसार उत्तर कोरियाले सो क्षेत्रको पुनर्निमाणको लागि सैनिक श्रमिक पठाएको उल्लेख गरेको छ । सेनका उच्च कमाण्डरले सो दस्ताको कमाण्ड गरेको पनि बताइएको छ ।

रुससँगै लुहान्स्क र डोनेस्कलाई उत्तर कोरियाले पनिस्वतन्त्र देशको मान्यता दिइसकेको थियो । रुसले स्वतन्त्र देश घोषणा गर्दै युक्रेनबाट मुक्त गराउने भन्दै सैन्य कारवाही सुरु गरेपछि उत्तर कोरियाले पनि सो क्षेत्रलाई अलग देशको मान्यता दिएको थियो । अहिले त्यसैको पुनर्निर्माणको लागि उत्तर कोरियाले आफ्नो जनशक्ति पठाउने निर्णय गरेको हो ।

युक्रेनमा अमेरिकासहित पश्चिामा देशहरु अस्त्रसहित उपस्थित भएपछि त्यसको जवाफ दिन उत्तर कोरिया पनि त्यहाँ पुगेको अर्थको रुपमा लिइएको छ । उत्तर कोरियाले अमेरिकालाई जवाफ दिने ठाउँको खोजिमा थिए । पुटिनसँग भएको छलफल पछि उनले युक्रेन आफ्नो सैनिक पठाउने सहमति गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । बर्षौदेखिका आर्थिक प्रतिबन्धका बाबजुद सैन्य प्रविधिमा आत्मनिर्भर बनेको उत्तर कोरियाको युक्रेनमा उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युक्रेन युद्ध जति लम्बिएको छ त्यति नै विश्व तिब्र ध्रुविकरणमा गएको छ । केही समयसम्म मौन बसेका देशहरु अहिले खुल्न थालेका छन् । इरानले युक्रेनमा ड्रोन पठाउने घोषणासँगै आफ्नो मौनता तोडेको थियो भने चीनले संयुक्त सैन्य अभ्यासबाट । कोरिया द्वीपमा युद्धको चेतावनी दिएको उत्तर कोरियाले सेना नै पठाएर रुसको पक्षमा उभिएको छ । अब विश्वयुद्धको इपी सेन्टर युक्रेन बन्ने खतरा बढ्दै गएको छ ।

अहिलेसम्म रुस पश्चिमा देशहरुसँग एक्लै लडिरहेको छ । उत्त‍र कोरिया आवश्यक परे युद्ध लड्ने मानसिकतामा भएको बताइएको छ । उ अमेरिकासँग भिड्न चाहन्छ । उसको लागि उपयुक्त समय हो । केही संचारमाध्यमहरुले पुटिन र किमबीच मिलेर लड्ने सहमति भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal