आज :

६ महिने छोरीको हत्‍या गरी आफ्नै आमाले शौचालयमा फालेपछि…..

  • अनलाइन डबली

स्याङ्जा । स्याङ्जामा छ महिने छोरीको ह त्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँकी २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

लक्ष्मीले आफ्नै छ महिने छोरीलाई ह त्या गरी फालेको आरोप छ। लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन्।

साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन्। उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए।

पछि लक्ष्मीले केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्रहरीले पायो। सोही सूचनाको आधारमा खोजी थालेको थियो। खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा फेला परेकी थिइन्।

‘पहिले लक्ष्मी फेला परिन्। उनीसँग सोधपुछ गरेपछि केदार पनि फेला परे,’ खनालले भने, ‘बच्चा कहाँ राख्यौ त भनेर सोध्दा सुरूमा त जंगलमा फालेको भनिन्। तर त्यहाँ पनि रहेनछ।’

अनुसन्धानको क्रममा उनले साउन १० को मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो। त्यहाँबाट प्रहरीले शव सडिगलिसकेको अवस्थामा फेला पारेको हो।

प्रहरीले यस घटनामाथि अनुसन्धान गर्न लक्ष्‍मी र केदारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनले सुरूमा हत्या गरेर फाले वा यत्तिकै फालेर पछि मृत्यु भएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको खनालले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal