काठमाडौँ । लैनचौरबाट चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहयोगी सुर्यबहादुर राई अप ह र णमा परे ।
साउन १८ मा साँझ उनीहरुलाई अ प हरण गरेको अरोपमा प्रहरीले मध्यराति ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्येका थिए, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भई धापासी बस्ने २८ वर्षका लक्ष्मण गुरुङ ।
लक्ष्मण यसअघि पनि अ प हरण तथा शरीर बन्धक उद्योगमा पक्राउ परेका थिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) अनुसार उनी ३ वर्ष जेल बसेर रिहा भएका हुन् ।
नुवाकोट घर भएर सामाखुसी बस्ने पशुपतिदेवी पाण्डे र हिमालराज गिरीलाई लक्ष्मण सहितको समूहले पटक–पटक फोन गरेर ‘अ प हरण र हत्या गर्छौं’ भनेर धम्क्याएर फिरौती असुलेका थिए ।
सो कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले २०७१ भदौ १९ मा मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । चीनको सांघाई प्रान्त घर भएका याङ याङ र उनका भाषा सहयोगीलाई अप हरण गरेर १ करोड फिरौती माग्ने मुख्य योजनाकार पनि लक्ष्मण नै भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
‘जेल बसेर निस्केका आरोपी मुख्य योजनाकार हुन्’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने– ‘अप हरण उद्योगमा जेल बसेर निस्केका युवाले नै योजना बनाएको देखिन्छ ।’
लक्ष्मण गुरुङ समुहका अमित परियारले रानिबारीका व्यापारी पशुपतिदेवी पाण्डे र हिमालराज गिरीसँग व्यापारीको भेषमा चिनजान गरेर नम्बर लिएका हुन् ।
त्यसपछि उनीहरुले ‘हामी रानिबारीका डनहरुलाई आर्थिक सहयोग गर्नुपर्छ । हाम्रो एरियामा व्यापार गरेर धन कमाई बस्ने, हामी हेरेर बस्ने ? पैसा नदिए परिवारलाई खतरा हुन्छ’ भनेर धम्की दिएका थिए ।
धम्की दिएर फिरौती असुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चिनियाँ अप हरण गरेको आरोपमा लक्ष्मण गुरुङसहित ६ जना पक्राउ परेका छ ।
पक्राउ पर्नेमा गोरखा आरुघाट घर भएका कर्णबहादुर गुरुङ, सिरानोक घर भएका लक्ष्मण गुरुङ, सर्लाहीका रोहित मगर, प्यूठानका विशाल मगर, नुवाकोटका बिनोद केसी र बर्दिया घर भएका शिव सुनार छन् ।
कर्णबहादुर गुरुङ प्रहरी हवल्दार र शिव सुनार प्रहरी जवान हुन् । चिनियाँ नागरिकको अप हरणबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


