आज :

तेस्रो विश्वयुद्धका खतरा बढ्दैः इजरायली हमलामा प्यालेस्टिनीका उच्च कमाण्डरको मृत्यु, बदला लिने घोषणा

  • अनलाइन डबली

काठमाडौँ । इजरायलले गाजा स्ट्रीपमा हवाई हमला गरेको छ । हमलाबाट प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) का एक कमाण्डरको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यस्तै, इजरायली हमलामा परी उच्च कमाण्डरसहित कम्तिमा पनि १० जनाको ज्यान गएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये एकजना बालिकासमेत छन् र अन्य दर्जनौँ घाइते भएका छन् ।

इजरायलका प्रधानमन्त्री याइर लापिडले हवाई हमला गरेको पुष्टि गर्दै तत्कालको जोखिम देखिएपछि उक्त कारबाही गरिएको बताएका छन् ।  एक हप्ता पहिले मात्रै पीआईजेका एकजना सदस्य पक्राउ परेका थिए । इजरायलका आन्तरिक मामिला मन्त्री आइलेट सखेदले विवाद बढेको भन्दै त्यो कहाँ पुग्छ कसैलाई जानकारी नभएको बताइन् । उनले लामो र कठिन हुन सक्ने बताइने ।

उता इजरायले पहिला पीआईजेले इजरेलतर्फ १०० भन्दा धेरै रकेटहरू प्रहार गरेको आरोप लगाएको छ । त्यसको जवाफमा हवाई हमला गर्नु परेको उसले दाबी गरेको छ । ती रकेटहरु इजरायलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पहिचान गर्दै निष्क्रिय पारेको समेत दाबी गरिएको छ । इजरायलको डिफेन्स फोर्स आईडीएफले त्यसपछि आफूले लडाकुहरूका स्थान पहिचान गर्दै हमलाहरू सुरु गरेको जनाएको छ ।

प्रधानमन्त्री लापिडले एक टेलिभिजन सम्बोधनमा आफ्नो देशले तत्काल हुनसक्ने जोखिमविरुद्ध एउटा सटिक ढङ्गको प्रतिआतङ्कवाद कारबाही गरेको बताएका छन् ।

आईडीएफले आफूले प्रहार गरेका ठाउँहरू पीआईजेसँग सम्बन्धित रहेको जनाएको छ । जसमा गाजा शहरको एउटा अग्लो भवन प्यालेस्टाइन टावर समेत परेको छ । बेलुनबाट आफ्नो भूमिमा हमला भएको भन्दै इजरेलद्वारा गाजामा हवाई आक्रमण

इजरायलले हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिदिएको दाबी गरेको छ । हवाई हमलाबाट भएको ठूलो विस्फोटनले भवनबाट धूवाँको विशाल मुस्लो निस्किएको भिडियो अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् । तैसिर जबारीसहित चारजना पीआईजे लडाकुहरू र एकजना पाँच वर्षिय बालिका हमलामा परेर ज्यान गुमाउनेमध्ये रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्

इजरायली सेनाका एकजना प्रवक्ताले आईडीएफले झण्डै १५ जना लडाकुहरू मारिएको अनुमान गरेको जनाएको बीबीसीले जनाएको छ ।
इरान भ्रमणका क्रममा राजधानी तेहरानमा बोल्दै पीआईजेका महासचिव जयद अल–नखलाले इजरायलको हमलाको जवाफ दिने बताएका छन् । उनले भने, “यो उक्साहटका लागि हामी बलपूर्वक जवाफ दिनेछौँ, र त्यहाँ लडाइँ हुनेछ जसमा हाम्रा मानिसहरूले जित हासिल गर्नेछन् ।”

यसैबीच गाजा स्ट्रीपमा नियन्त्रण राख्ने हमासले लडाइमा सशस्त्र समूहहरू एकताबद्ध रहेको भन्दै चुप लागेर नबस्ने जनाएको छ । इरानको साथ पाएको पीआईजेको सिरियाको राजधानी दमास्कसमा मुख्यालय छ । र उक्त समूह गाजामा रहेको शक्तिशालीमध्येको लडाकु समूह हो ।
विगतदेखि नै उक्त समूह इजरेलविरूद्ध रकेट हमला, गोली हानाहान सहितका कैयौँ हमलामा जिम्मेवार पाइन्छ ।

रुस-युक्रेन, चीन-ताइवान, अजरबैजान-अर्मेनिया र इजरायल-प्यालेस्टाइनीको पछिल्लोमा द्वन्द्वले विश्वयुद्धको खतरा नजिकिँदै गएको रक्षाविज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal