आज :

नुवाकोट केन्द्र भएर भूकम्प गयो, पानीमा भिज्दै काठमाडौंमा मानिसहरु सडकमा

  • अनलाइन डबली

काठमाडौं । एकाविहानै काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ । केन्द्रले काठमाडौँबाट ३७ किलोमटर उत्तर पश्चिम नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु केन्द्रविन्दु  भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यसको क्षतिको विवरण आउन सकेको छैन ।

आज गएको भूकम्प २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्पको पराकम्पन हो वा नयाँ भूकम्प हो भन्ने कुरा यो समाचार तयार पार्दासम्म केन्द्रले पुष्टि गरेको छैन ।

भूकम्पको धक्कासँगै मानिसहरु घरबाहिर निस्किएका थिए । रातिबाट काठमाडौंमा बर्षा भइरहेको छ । मानिसहरु पानीको प्रवाह नगरी घर बाहिर निस्किएका हुन् ।

साउन १५ गते मात्रै खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । २०७२ सालपछि यो पहाडी क्षेत्रमा गएको ठूलो भूकम्प हो । यो बारपाक केन्द्र भएर गएको भूकम्पको पराकम्पन नभएर नयाँ भूकम्प भएको केन्द्रले जनाएको थियो । त्यसपछि खोटाङमा पनि पटक पटक पराकम्पन गएका छन् ।

पछिल्ला दिन नयाँ भूकम्प जाने क्रम बिस्तारै बढिरहेको छ ।  बारपाक केन्द्र भएर गएको भूकम्पले क्षति पुर्याएका भाैतिक संरचना पुनर्निमाण हुन सकेका छैनन् । अझै धरहरा संचालनमा आउन सकेको छैन भने उपत्यकाका परातत्विक संरचना निर्माणकै चरणमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal