आज :

काठमाडौँबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाज प्रहरी नियन्त्रणमा, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजलाई प्रहरीले केहीबेर नियन्त्रण लिएर चेकजाँच गरेकाे छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।

उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बतायाे। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले भने ‘हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको छ, विस्तृत सूचना आउन बाँकी छ।’

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीले रोक्न लगाएको हो । प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएको थियो ।

‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको ठाकुरले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका ती शंकास्पद व्यक्तिसँगै रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal