आज :

किरण चेमजोङले मैदानमै यसरी गरे एयरहोस्टेस प्रेमिकालाई प्रपोज, भिडियोसहित

  • अनलाइन डबली

काठमाडौँ । सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली गोलकिपर किरणकुमार लिम्बूले अविस्मरणीय बनाएका छन्।

किरण आबद्ध क्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भयो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए। किरणले खुसी यतिमा मात्र सीमित राखेनन्।

क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगे। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औंठी लगाइदिए, विवाह प्रस्ताव राखे।

किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए। कञ्चन पेशाले एयरहोस्टेस हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको यो वर्ष विवाह गर्ने योजना छ।

किरणले आफ्ना नजिकका साथीसँग यो वर्ष विवाह गर्ने बताएका छन्। माल्दिभ्सको राजधानी मालेमा प्रेमिका निरौलालाई औंठी लगाइदिएको भिडिओ किरणले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

भिडिओ पोस्टमा उनले प्रेमिकाको प्रशंसा गर्दै आफ्नो जीवनमा आएकोमा धन्यबाद दिएका छन्।  नेपाली गोलकिपर किरणकुमार लिम्बू माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा किरण उत्कृष्ट गोलकिपर घोषित हुन सफल भएका हुन्।किरण आबद्ध माजिया एससीले सिजनको लिग जितेको थियो। माजियाले लिग जित्दा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए।

माजियाले लगातार तीन सिजन लिगको उपाधि जितेको हो। जितसँगै माजिया एएफसी कपको समूह चरणमा छनोट हुन समेत सफल भएको छ। किरण गत मंसिरमा २०२१/२२ सिजनका लागि माजियामा आबद्ध भएका थिए।

किरणले गत सिजन भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। गत सिजन आइ लिगमा पनि उनले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।

राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले गत वर्ष एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।

यसअघि सन् २०१८ मा पनि किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

बाल्यकालमा किरण आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो किरणलाई।  अग्ला कदका किरणलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए।

पहाडी जिल्ला भए पनि किरणको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो।

स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि किरण जिल्लास्तरमा पनि छाउन थाले। यू-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।

उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्‍यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए। त्यसपछि उनी एन्फा एकेडेमीका लागि छनोट भएका थिए।

एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए। सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए।

मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal