आज :

काठमाडौं ४ जनाको विभत्स हत्या प्रकरण- फेला पर्यो यस्तो सुसाइड नोट, केछ नोटमा लेखिएको ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंमा चार जनाको मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला परेको छ। सोमबार बिहान तार्केश्वर नगरपालिका-२ पदमशालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्।

गोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएकाहरू मृत अवस्थामा फेला परेका हुन्।

प्रहरी स्रोतका अनुसार घटनास्थलबाट केही पानाको सुसाइड नोट पनि फेला परेको छ। ‘केही पानाको नोट फेला परेको छ,’ उनले भने। मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता, ११ वर्षीया छोरा आशिक र ७ वर्षीया आशिका छन्।

उनीहरूको शव विभत्स अवस्थामा फेला परेको हो। पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स ह त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुसाइड नोटमा केछ भन्ने नखुलाए पनि प्रहरीले उक्त नोटले पनि पारिवारिक विवादले नै घटना घटेको संकेत गरेको बताएको छ ।

घटनास्थलमा एउटा कोठामा आमा र छोराछोरीको ह त्या गरिएको अवस्थामा फेला परेको हो भने दिनेश अर्को कोठामा मृत अवस्थामा फेला परेका हुन्।

घटनाबारे खबर पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको हो। बच्चालाई स्कुल बस लिन आएपछि घटनाबारे थाहा भएको हो।

आशिका छाउनीस्थित सैनिक स्कुलमा पढ्थिन्। सोमबार बिहान स्कुल बस लिन आउँदा पनि उनी स्कुल बसमा चढ्न आइनन्। घरनजिकै बस्ने दिनेशका दाइले हेर्न जाँदा उनीहरू मृत फेला परेको मेयर कृष्णहरि महर्जनले बताए।

‘बिहान नानीलाई लिन बस आएको रहेछ। उनी बस चढ्न नआएपछि हेर्न जाँदा घटना भएको देखिएको हो,’ उनले भने, ‘त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।’

घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ। घटनास्थलमा त्रि.वि. शिक्षण अस्पतालबाट डा. गोपाल चौधरी र डा. आयुष उपाध्याय सहितको टोली खटिएर अनुसन्धान गरिरहेको छ।

तारकेश्वर-२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार दिनेशले पदमसाल चौकमा बिजुलीका सामान बेच्ने पसल चलाएका थिए। अहिले पनि उनले पसल चलाइरहेका थिए कि थिएनन् भन्ने खुलेको छैन।

मृत भेटिएकाहरुको शव उठाएको छ । पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो । केहीबेर अघि स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal