आज :

खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो- प्रशिक्षक केसी

  • अनलाइन डबली

काठमाडौं । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् ।

यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतसँग ८–० ले पराजित भएपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।

‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद । खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ,’ केसीले लेखेका छन्, ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं । खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो ।’

उनले आफूहरुलाई ‘रिकभर’ हुन दुई दिन लाग्ने उल्लेख गरेका छन् । उनले आफू टिममै रहेर आफ्नो फाइदाको लागि फुटबल डुबाउन नसक्ने पनि जनाएका छन् ।

सुरुको दुई खेलमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारतसँग पराजित भएपछि फाइनल पुग्ने सम्भावना पनि कठिन बनेको छ । नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्नेछ भने भारत माल्दिभ्ससँग हार्नुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

नेपाल र भारतको समान ६–६ अंक छ तर भारत अगाडि छ । बंगलादेश तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal