आज :

गभर्नर अधिकारी एमाले अर्थ विभागको सदस्य भएको खुसालासँगै बर्खास्तीको माग, प्रदर्शन हुँदै

  • अनलाइन डबली

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सरोकारवालाहरुले राजिनामाको माग गरेका छन् । अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य नियुक्त भएको सार्वजनिक भएसँगै चौतर्फी विरोध राजिनामा माग गरिएको हो ।

एमलाले नेता घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागको सदस्यमा नियुक्त गरेको छ । एम अधिकारी नामबाट नियुक्त गरिएको व्यक्ति गभर्नर हुन्, होइन भन्ने बहसबीच लेखक तथा राजनीतिक विश्लेषक तथा जिल्लाबासी हरी रोक्काले बधाई दिएका छन् ।

रोकाले सामाजिक संजालमा लेखेका छन्, “मेरा अनन्य मित्रहरु माननीय घनश्यम भुसालको प्रमुखतामा अनन्य मित्रहरु कामरेड योगेन्द्र शाही सचिव र प्रा.डा. रामचन्द्र आचार्य जिल्लाबासी राष्ट्र बैंकका गभर्नर यम अधिकारीलाई देशको ठूलो दल एमालेले अर्थ तथा योजना विभागमा सदस्य नियुक्त गरेकोमा उहाँहरु सबैमा कार्यकालको शुभकामना ।” अधिकारी यसअघि नेता सुरेन्द्र पाण्डे प्रमुख रहँदा पनि विभागको सदस्य थिए ।

अधिकारीको बर्खास्ती तथा राजिनामाको माग सामाजिक संजालबाट सडकसम्म पुगेको छ । आज सरोकारवालाहरु काठमाडौको माइतीघरमा अधिकारीलाई पदमुक्त गर्न माग गर्दै विरोध पदर्शन गर्न लागेका छन् । उनीहरुले राष्ट्रको ढुकुटीको चाबी बोकेको व्यक्ति पार्टीका जिम्मेवारीमा बस्न नपाइने बताएका छन् ।

अधिकारी एमालेको इसारामा चलेकै कारण देशको आर्थिक अवस्था जरजर हुँदै गएको भन्दै तत्काल राजिनामा दिन माग गरेका छन् । स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीका अनुसार बुधबार ४ः३० बजे माइतिघरमा अधिकारीको राजिनामाको माग गर्दै पदर्शन गर्न लागिएको छ ।

त्यसैगरी प्रचलित कानुनले पनि कुनै पनि दलको कार्यकर्तालाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न रोकेको भन्दै अधिकारीलाई बर्खास्त गर्न चौतर्फी दवाव बढेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal