आज :

गोली लागेर अस्पताल पुर्याइएका पूर्वप्रधानमन्त्रीको अवस्था केछ ? अस्पतालबाट आयो यस्तो खबर

  • अनलाइन डबली

काठमाडौँ । चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।

जापानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले आबेले सास फेर्न नसकेको र उनको मुटु रोकिएको उल्लेख गरेको छ।

जापानका प्रधानमन्त्री फुमिओ कासिदाले समाचार संस्था रोयटर्ससँग भनेका छन्- यो पाशविक र विद्वेषपूर्ण घटना हो र यो क्षम्य हुने छैन। हामीले गर्न सक्ने जति हामी सबै गर्नेछौं। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्।

आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो।

प्रहरीले उनलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो। ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ। उनले गोली हान्नुको कारण भने खुलेको छैन।

गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए। उनको सर्टमा रगत देखिएको थियो। त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो।

उनको उपचार जारी छ। जापान संसारकै सुरक्षित मुलुकमध्ये मानिन्थ्यो। त्यहाँ बन्दुक बोक्न पाउने कानुन पनि निकै कडा छ।

लामो समयसम्म प्रधानमन्त्री भएका र अहिलेको सत्तारूढ दलमा पनि बलियो प्रभाव भएका आबेमाथि गोली प्रहार भएको घटनाले संसारको ध्यानाकर्षण भएको छ।

अष्ट्रेलियाली प्रधानमन्त्री, अमेरिकी विदेश मन्त्रीसहित संसारका विभिन्न मुलुकका नेताहरूले आबेमाथिको गोली प्रहारको निन्दा गर्दै उनको शीघ्र स्वास्थ्य लाभको काम गरेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal