आज :

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, गम्भीर अवस्थामा अस्पताल लगियो

  • अनलाइन डबली

काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।

आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ । एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । उता अर्थमन्त्री ऋषि सुनाकले राजिनामा दिएको २ दिन नबित्दै विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन्।

केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो।

सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए। जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ।

सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो। ६५० सिटमध्ये ३६५ सिट कन्जरभेटिभ पार्टीले जितेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ।

कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि जोनसन नै प्रधानमन्त्री हुने भएका हुन्। बुधबारसम्म बेलायती अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका थिए।

जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले राजीनामा दिएको उनीहरूले बताएका छन्। पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए। कोरोनाभाइरसको महामारी सुरू भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो।

उक्त विषयले बेलायती राजनीतिमा तरंग ल्याएको थियो र छानबिन पनि भएको थियो। बोरिस जोन्सनले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेपछि अब कन्जरभेटिभ पार्टीको नेता र नयाँ प्रधानमन्त्रीको लागि मतदान हुनेछ ।

यसका दाबेदारहरूले टोरी सांसदहरूको समर्थन पाउनुपर्ने हुन्छ । अन्तिम दुई उम्मेदवारहरूलाई कन्जरभेटिभ सदस्यहरूले मतदानमार्फत चयन गर्नेछन् ।

हालसम्म पूर्वमन्त्री ऋषि सुनाक, विदेश सचिव लिज ट्रस, पूर्व स्वास्थ्य सचिव साजिद जाभिद, पूर्व सचिव माइकल गोभ, एक्सचेकरका चान्सलर नदिम जहावल, सांसद जेरेमी हन्ट, महान्याधिवक्ता सुएला ब्रेभरम्यान, राज्यमन्त्री पेनी मोर्डन्ट, सांसद स्टिभ बेकर, गृह सचिव प्रिति पटेल र नयाँ स्वास्थ्य सचिव स्टीभ बार्क्ले सम्भावित उम्मेदवार रहेका छन् ।

हालको नियमअनुसार उम्मेदवार बन्न इच्छुकहरूले कम्तीमा ८ कन्जरभेटिभ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । दुईभन्दा बढी उम्मेदवार भएको खण्डमा टोरी सांसदहरूले दुई जना उम्मेदवार बाँकी रहँदासम्म शृङ्खलाबद्ध मतदान गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal