आज :

डोनबास कब्जापछि रुसी सेनाद्वारा युक्रेनको राजधानी किभमा भिषण हमला, एकैपटक १४ क्षेप्यास्त्र प्रहार

  • अनलाइन डबली

काठमाडौँ । डोनबास क्षेत्र कब्जामा लिएपछि रुसी सेना युक्रेनका राजधानी किभजनिक पुगेको छ । उत्तर पश्चिमतिरबाट अघि बढेको रुसी सेना क्षेप्यास्त्र हमला गर्दै अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले एकै पटक नयाँ संस्करणका अस्त्रसहित रुसी सेना किभतिर अघि बढेको थियो । आइतबार विहानदेखि रातिसम्म राजधानी किभ आसपास १४ वटा नयाँ संस्करणका क्षेप्यास्त्र प्रहार भएका छन् ।

हमलाबाट किभका केही भवनहरु ध्वस्त भएका छन् । र एक जनाको ज्यान गएको पुष्टि भएको छ । केही मानिसहरु भग्नाबशेषमा पुरिएको आशंका गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

रुसी रक्षा मन्त्रालयले आइतवार किभको उत्तरी चेर्निहाइभ र राजधानीको पश्चिममा रहेको झिटोमिर र ल्भिभ क्षेत्रमा रहेको युक्रेनी सेनाको तालिम केन्द्रहरूमा उच्च क्षमता भएका अस्त्रहरू प्रहार गरेको बताएको छ । यो क्रम जारी रहेन पनि रुसले बताएको छ ।

युक्रेनी सेनाले क्षेप्यास्त्र हमला भएको स्वीकार गर्दै टुपोलेभ बम्बर्समार्फत् करिब १,४५० किलोमिटर टाढा क्यास्पियन सागरबाट क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यस्तै, रुसी क्षेप्यास्त्रहरू रुसको मित्रराष्ट्र बेलारुसमा उड्ने टुपोलेभ्सबाट प्रहार गरिएको युक्रेनी सेनाले दाबी गरेको छ ।
‘जी सेभेन’ का शिखर सम्मेलन सुरु हुने अघि रुसले युक्रेनमा महला तेज बनाएको छ । सम्मेलनमा रुसबारे नयाँ प्रतिबन्धको घोषणा हुन सक्ने बताइएको छ । त्यस्तै, सम्मेलनले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने चर्चाबीच रुसले हमला तेज बनाएको हो ।

किएभका मेयर भिटाली क्लिट्स्कोले यी प्रहारहरू जी सेभेन सम्मेलन अघि युक्रेनलाई धम्क्याउने प्रयास स्वरूप भएको बताए । रुसले असअघि किभमा जुन ५ मा एक रेल मर्मत केन्द्रमा क्षेप्यास्त्र हमला भएको थियो ।

अमेरिकी राष्ट्रिपति जो बाइडनले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई हामी एक हुनुपर्छ भनेको बताइएको छ । शिखर सम्मेलन सुरु हुनुअघि बाइडनले स्कोल्जलाई यो भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जी सेभेनमा युक्रेनलाई लिएर फरक फरक धारणा आउने पनि गरेका छन् । सम्मेलनले सबैको एउटै धारणा बनाएर अघि बढ्ने प्रयास गर्ने बताइएको छ ।

जी सेभेनका भित्रका देशहरुबीचको आन्तरिक अन्तरविरोध युक्रेन घटनापछि झन बढेर गएको छ । शिखर सम्मेलनमा रहेका बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल, पछिल्ला साताहरूमा युद्धमा पश्चिमी एकता खस्किएको बताउँछन् । उनका अनुसार केही नेताहरूले रुससँग दीर्घकालीन सम्बन्धबारे छलफल गरिरहेका छन् भने अन्य केहीले युक्रेनलाई बलियो र दिगो साथ दिनु पर्नेमा जोड गरेका छन् ।

त्यसैगरी रुसले अर्को हलमा गरेको ल्भिभको स्टारिची जिल्लामा भएको आक्रमण नेटो सदस्य राष्ट्र पोल्यान्डको सिमानाबाट ३० किलोमिटर मात्र पर थियो ।

किभमा हमला सुरु भएसँगै युक्रेनले फेरि लामो दूरीका अस्त्र ढुवानीमा तीव्रता दिन पश्चिमाहरूसँग आग्रह गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी सेभेन सम्मेलनमा फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोलाई भेटेका छन् । जोनसनका प्रवक्ताले द्वन्द्वको क्रममा महत्वपूर्ण क्षण आएको र युद्धमा छाल बदल्ने अवसर रहेको कुरामा उनीहरू सहमत भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal