काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियमा लगाएको फिर्ता लिने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चौतर्फी विरोध भएपछि गठबन्धनले केही कर फिर्ता लिएर मूल्य घटउने सहमति गरेको हो ।
गठबन्धन बैठकपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने तयारी भइरहेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको गठबन्धनको बैठकमा पछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने, बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन पर्ने प्रस्ताव गरेका थिए ।
त्यसैगरी सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको छ । खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउने गरी तयारी सरकारले गरेको छ । स्रोतका अनुसार सरकारले २५ देखि ३० सम्म मूल्य घटना लागेको छ ।