आज :

साइकल चलाउँदा चलाउदै यसरी ढले अमेरिकी राष्ट्रपति बाइडेन, केछ अवस्था ? भिडियोसहित हेर्नुहोस

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् ।

तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ । त्यसपछि उनले भने, ‘म राम्रो छु ।’

उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए । साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए ।

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताए ।

उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए । ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने ।

यता भारतीय कांग्रेस नेता राहुल गान्धीले पार्टीका नेता तथा कार्यकर्तालाई आइतबार आफ्नो जन्मदिन नमनाउन अपिल गरेका छन् ।

राहुल गान्धीले पार्टीका कार्यकर्ता र नेताहरूलाई सन्देश जारी गर्दै देशका युवाहरू आक्रोशित रहेको र सडकमा आन्दोलन गरिरहेको बताएका छन् । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ता युवाको साथमा उभिनुपर्ने उनको भनाइ छ ।

कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी आइतबार ५२ वर्षको भएका छन् । कांग्रेस नेता जयराम रमेशले ट्विटरमा राहुल गान्धीको सन्देश ट्वीट गरेका छन्। यसमा राहुल गान्धीले देशको वातावरण निकै चिन्ताजनक रहेको बताएका छन् ।

सेना भर्तीको लागि ‘अग्निपथ’ योजनाको विरुद्ध देशका धेरै भागहरूमा भइरहेको विरोधको सन्दर्भमा राहुल गान्धीले भनेका छन्, “देशका युवाहरू निराश छन्। हामी यस समयमा उनीहरू र उनीहरूको परिवारसँग उभिनु पर्छ।”

“मेरो जन्मदिन कुनै पनि हालतमा नमनाउन म देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूलाई अपिल गर्दछु,” उनले भनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal