आज :

तारा एयरको विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा, अनुशासित र मिलनसार थिइन् एयरहोस्टेज क्रिस्मी थापा

  • अनलाइन डबली

काठमाडौं । आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । स्थानीयहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको सिलवालले बताए ।

नेपाली सेनाको टोली दुर्घटनास्थलतिर गइरहेको छ । प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको सेनाले बताएको छ । लेकमा यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज फेला पारेको बताइएको छ ।

जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरेले विमान उडाएको थिए । विगत २५ वर्षदेखि विमान उडाइरहेका क्याप्टेन घिमिरेले निकै अनुभवी भएको तारा एयरले जनाएको छ । फिलिपिन्सबाट अध्ययन सकेर को पाइलटको रुपमा उक्त विमानमा रहेका रुकुम पश्चिम चौरजहारी नगरपालिका घर भएका उत्सव पोखरेल थिए ।

त्यसैगरी विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् । सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् ।

तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो ।

जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।

दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal