आज :

मध्यरात आयो काठमाडौंको ताजा मत परिणाम, आफ्नै अग्रता देखेर बालेन र सुनिता चकित !

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को जित निश्चित भइसकेको छ । यसअघि दिउँसै सार्वजनिक भएको मत गणनामै बालेनको जित सुनिश्चति भइसकेको थियो । रातिसम्मको मत गणना अनुसार बालेनको अग्रता झन ह्वात्तै बढेकव छ ।

काठमाडौंमा १ लाख ७५ हजार बढी मत गणना भइसकेको बताइएको छ । बालेनले ५६ हजार भन्दा बढी मत ल्याएका छन् । उनले २१ हजार बढीले अग्रता लिएका छन् । जित सुनिश्चत भइसक्दा पनि अग्रता बढिरहेको छ । आफ्नो अग्रता देखेर बालेन समेत दंग परेको बताइन्छ।

त्यसैगरी उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । सुनिताले झन बालेनको भन्दा झण्डै दश हजार मत बढी छ । सुनिताले ६१ हजार मत कटाएको बताइएको छ । उनले पनि आफ्नो मत देखेर चकित भएकी छन् । उनले यति अन्तर मत आउने आशा नगरेको बताउँछन् ।

त्यसैगरी गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ३६ हजार बढी मत पाएकी छन् भने नेकपा  एमालेका उम्मेदवार केशव स्थापितले ३५ नजिक मत पुर्याएका छन् । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको २१ हजार मत पाएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिकाराम खड्का र उपमेयरमा पनि एमालेकै स्यानी चौधरी विजयी भएका छन् । मेयरमा एमालेका उम्मेदवार खड्काले ३१ हजार चार सय आठ मत प्राप्त परेका हुन् । उनले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १७ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा एमालेकी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गरी विजयी भइन् । उनले सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१ हजार ६५ मत प्राप्त गरे । योसँगै ११ वटा उपमहानगरपालिकामध्ये सबैको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal