आज :

मूल्य वृद्धिपछि पाक्षिक ३ अर्ब ३५ करोड घाटा- आयल निगम

  • अनलाइन डबली

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि पाक्षिक (१५ दिनको) नोक्सानी ३ अर्ब ३५ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालको खपतअनुसार सबै इन्धनमा समायोजनपश्चात पाक्षिक ३ अर्ब ३५ करोड (मासिक ६ अर्ब ७० करोड) नोक्सानी रहने अनुमान गरेको हो ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा र डिजेलमा २६ रुपैयाँ ८२ पैसा नोक्सानी छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ८७९ रुपैयाँ ७५ पैसा नोक्सानी छ ।

मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन (आन्तरिक)मा १३ रुपैयाँ ९८ पैसा र वाह्य हवाई इन्धनमा ५९ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले प्रष्ट पारेको छ । यस हिसावले डिजेलमा सबैभन्दा धेरै पाक्षिक १ अर्ब ६९ करोड र ग्यासमा १ अर्ब ४६ करोड नोक्सानी रहने निगमको अनुमान छ ।

विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत् लगायत स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने आवश्यकता निगमले औंल्याएको छ । निगमले आगामी दिनमा लागत मूल्यमै इन्धन बिक्री गर्ने संकेत समेत गरेको छ ।

विज्ञप्तिमा निगमले भनेको छ ‘आपूर्ति तथा बिक्री सहज बनाइराख्न लागत मूल्यकै आधारमा पेट्रोल, डिजेल तथा एलपी ग्यास बिक्री गर्नुपर्ने बाध्यता रहेकाले मूल्य समायोजनपश्चात उपभोक्तामा पर्न जाने असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’

यसअघि आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०० बढाएको थियो । अब पेट्रोल प्रतिलिटर १८०, डिजेल तथा मट्टितेल १६३ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० कायम भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal