आज :

धनगढीमा नवनिर्वाचित मेयर हमालले सपथ ग्रहण गरेलगत्तै लफडा, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ ।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्रममा विवाद भएको हो ।

नवनिर्वाचित नगर प्रमुख हमालले धार्मिक शास्त्रअनुसार कार्यभार सम्हालेपछि वडा अध्यक्ष सन्तोष मुडभरी लगायत केही जनप्रतिनिधिले पनि धार्मिक शास्त्रअनुसार पद तथा गोपनीयताको सपथ लिने अडान राखेका थिए ।

सोही कारण सपथ ग्रहणको कार्यक्रम समेत पछि सारिएको जनाइएको छ । उपप्रमुखसहित निर्वाचित जनप्रतिनिधिहरूलाई ११ बजे पद तथा गोपनीयताको सपथ गराउने कार्यतालिका रहेको थियो ।

नवनिर्वाचित जनप्रतिनिधि ११ बजे अघि नै उपमहानगरपालिकाको कार्यालयको सभा हलमा बसेका थिए । तर, नगर प्रमुख हमाल भने सभा हलमा छैनन् ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने जनप्रतिनिधिहरूको प्रमाणपत्र नआउँदा ढिलाई भएको प्रतिक्रिया दिए । उनीहरूको पद तथा गोपनीयताको सपथ कार्यक्रम ३ बजेपछि हुने जनाइएको छ ।

नवनिर्वाचित नगर प्रमुख हमालले भने धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् ।

सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६–०८ देखि २०८३–०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रुपमा रहने) बनाई कार्यान्वयनमा लैजाने सो निर्णयमा भनिएको छ ।

निर्णय पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु।’

उता पर्साका १३ वटा पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुले आज सपथ लिएका छन् । पर्साका १४ वटा पालिकामध्ये १३ वटा नवनिर्वाचित पालिका प्रमुखहरुले जिल्ला समन्वय समितिको हल वीरगञ्जमा शपथ ग्रहण गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा पर्सामा ५ वटा पालिकामा एमाले, ४ वटा पालिकामा काँग्रेस, ३ वटामा जसपा र १ वटामा लोसपा निर्वाचित भएको छ । वीरगञ्ज महानगरको भने मतगणना जारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal