आज :

भरतपुर ताजा अपडेट- वडा नम्बर १० र ११ बाट एमालेलाई सोचेजस्तो भोट आयो ? कसको अवस्थ के ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेले अपेक्षा गरे जसरी मेयरका उम्मेदवारले भरतपुरका १० र ११ नम्बर वडामा भोट बढाउन सकेनन्। गत निर्वाचनमा यी दुई वडामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले १७०१ भोट बढी ल्याएका थिए।

अहिले वडा नम्बर १० को ४६०० मतगणना सकिँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदी गठबन्धनकी रेनु दाहाल भन्दा १०२ भोटले पछि छन्।

रेनुले यो वडामा १५५३ भोट ल्याउँदा सुवेदीले १४५१ भोट मात्रै ल्याएका छन्। यहाँबाट कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७७७ भोट ल्याएका छन्। अब यो वडामा ११०८ भोटको परिणाम आउन बाँकी छ।

एमालेले सबभन्दा बढी अपेक्षा राखेको ११ नम्बर वडा नै हो। यहाँ यसपालि ९०८१ जनाले मतदान गरेका थिए। महानगरपालिकामै सबभन्दा बढी मतदाता रहेको यो वडालाई एमालेले आफ्नो गढ मान्छ।

अघिल्लो पटकको निर्वाचनमा कांग्रेस र माओवादी एक ठाउँमा हुँदा पनि यहाँबाट एमालेका ज्ञवालीले ११६२ बढी भोट ल्याएका थिए। अहिले यस वडाको २३०० भोट गनेर सक्दा सुवेदी ३० भोटले पछि छन्।

यो वडाबाट मेयरमा रेनुले ८८३ भोट ल्याउँदा सुवेदीले ८५३ भोट मात्रै ल्याउन सके। यहाँबाट कांग्रेसका बागी उम्मेदवार जगन्नाथले १६३ भोट ल्याएका छन्। मेयरमा सोचेजस्तो भोट नआए पनि वडाध्यक्षमा एमालेका उम्मेदवार ३०९ भोटले अघि छन्।

अहिलेसम्म भरतपुर महानगरपालिकाको ४७५११ गणना सकिँदा मेयरमा रेनुले १७९७२ र सुवेदीले १४६४७ भोट ल्याएका छन्। रेनु ३२२५ मतले अघि छिन्। जगन्नाथले भने ७२२३ भोट ल्याएका छन्।

यता काठमाडौं महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितले दुई वडामा सुरूआती अग्रता लिएका छन्। त्यस्तै कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एउटा वडामा प्रारम्भिक अग्रता लिएकी छन्।

अहिले गणना भइरहेका १४ वटा वडामा तीन वटाबाहेक अरू सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।

पछिल्लो विवरणअनुसार स्थापितले २७ र २८ नम्बर वडामा अग्रता लिएका छन्। २७ वडामा ५०० मत गनिसक्दा उनले १७३ मत पाएका छन्। यहाँ सिर्जना सिंहले १२६ र बालेनले ६७ मत पाएका छन्।

२७ नम्बर वडामा छुस्याबहा, जमल, कमलाक्षी आसपासको क्षेत्र पर्छ। त्यस्तै २८ नम्बर वडामा २५२१ मत गन्दा स्थापितले ६०७ मत पाएका छन्। उनलाई ६०४ मतसहित बालेनले पछ्याएका छन् भने सिर्जनाले ५७० मत पाएकी छन्।

सिर्जना सिंहले भने एउटा वडामा सुरूआती अग्रता लिएकी छन्। उनले वडा नम्बर ८ मा सुरूवाती अग्रता लिएकी हुन्। पछिल्लो विवरणअनुसार ८ नम्बर वडाको ७०० मत गन्दा सिर्जनाले २१२ मत पाएकी छन्।

यहाँ उनका प्रतिस्पर्धी बालेन शाहले १९२ मत पाएका छन् भने स्थापितले १६० मत पाएका छन्। यो वडामा सिफल, गौशाला, तिलगंगा, मृगस्थली र त्रिभुवन विमानस्थलको दायाँ तर्फको क्षेत्र पर्छ।

अहिले वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिइसकेको छ। त्यस्तै वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।

६५ हजार ८१ मत गन्दा अहिलेसम्म बालेनले २५ हजार १८५ मत पाएका छन्। स्थापितले १३ हजार ९८ मत पाएका छन् भने सिर्जनाले १२ हजार ४६० मत पाएकी छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal