आज :

भरतपुर ताजा अपडेट- रेनु दाहाललाई भारी मतको अग्रता, कति मतले पछ परे विजय ?

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन् । २१ हजार ७५४ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ७ हजार ४२३ मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन् । दाहालले सुवेदीको भन्दा ३५५ मत बढी पाएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ९८९ मत पाएर अग्रता कायम राखेका छन् । एमाले–राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मत प्राप्त गरेकी छन् ।

उता पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्‍याएका छन् ।

२८ हजार १६० मत गणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका छन् । त्यस्तै एमाले उम्मेदवार कृष्ण थापाले १० हजार ६२ मत पाएका छन् । मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१, स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६६९ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङसँगको मतान्तर ६४७ पुर्‍याएकी छन् । रानाभाटले १२ हजार १३० र एमालेकी मञ्जुदेवी गुरुङले ११ हजार ४८३ मत पाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले १०६९ मत पाएकी छन् । पोखरामा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि सहयोग गरेको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले अग्रता लिएकी छन् । २७ हजार ७५४ मत गणना हुँदा लामाले ५५ मतले अग्रता लिएकी हुन् ।

यसअघि राप्रपाका उम्‍मेरवार दीपकबहादुर सिंहले अग्रता लिए पनि मंगलबार लामाले अग्रता लिएकी हुन् । लामाले ८ हजार ८४५ मत प्राप्त गरेका छन् । यस्तै राप्रापाका उम्मेदवार दीपक बहादुर सिंहले ८ हजार ६९० मत पाएका छन् ।

उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ एमालेकी सुमित्रा काफ्लेभन्दा ३ हजार ६७८ मतले अगाडि छन् । राजेशले ११ हजार ७११ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत पाएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal