आज :

भरतपुर ताजा अपडेट- रेनुले एकाएक बढाइन अग्रता, कति मतले पछि छन् विजय र जगन्नाथ ?

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउन थालेकी छन्। पछिल्लो मतगणना अनुसार उनी ६३ मतले अगाडि देखिएकी छन्।

१८४४७ मत गनेर सकिँदा रेनुले ६१७० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ६०८० मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले ३००६ मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ७५२४ मत पाएका छन्। त्यस्तै एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले ४९९२ मत पाएकी छन्। अहिले भरतपुर -५ मा मतगणना भइरहेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा २२८५० मत गन्दा राप्रपाका दीपकबहादुर सिंहले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पारेका छन्।

अहिलेसम्म सिंहले ८२६५ मत पाएका छन् भने गठबन्धनबाट मेयर उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८०६७ मत पाएकी छन्। एमाले उम्मेदवार अनन्त पौडेल भने निकै पछि परेका छन्। उनले ६५२१ मत पाएका छन्। मतगना जारी छ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त बिष्ट प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अगाडि रहेका छन्।

बिष्टले ८३४० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ४३७७ मत पाएका छन्। मिश्रभन्दा बिष्ट ३९६३ मतले अगाडि छन्।

यहाँ मेयरमा राप्रपाका नन्दलाल वैश्यले ३३६१ मत प्राप्त गरी मिश्रलाई पछ्याइरहेका छन्। नेपालगन्जमा सत्ता साझेदार दलहरूका बीचमा गठबन्धन रहेको छ।

यहाँ उपप्रमुखमा गठबन्धन दलबाट जसपाका कमरुद्दिन राईले ६७८८ मत पाएका छन्। राईलाई राप्रपाकी विन्दु चर्ती मगरले ४३६१ मतका साथ पछ्याइरहेकी छन्।

त्यस्तै नेकपा एमालेकी शान्तिदेवी ढकालको ४२०० मत प्राप्त गरेकी छिन् । हालसम्म नेपालगञ्जमा वडा नम्बर १, २, ३, ४, २०, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal