आज :

ताजा अपडेट- यी हुन् काँग्रेसले एमालेबाट ‘खोसेका’ २४ पालिका, हेर्नुहोस बिस्तृतमा

काठमाडौँ । जारी मतगणनाका क्रममा नेपाली काँग्रेसले ५६ स्थानीय तहमा जित हासिल गरेको छ । जितेका ५६ स्थानीय तह मध्ये यसअघि २०७४ सालको स्थानीय तह चुनावमा एमालेले जितेका २४ स्थानीय तह काँग्रेसले हात पारेको छ ।

जुन अधिकांश स्थानीय तहमा एमाले निकटतम प्रतिस्पर्धीको रुपमा रहेको छ । यस्तै माओवादी केन्द्रले यसअघि जितेका ४ स्थानीय तहमा पनि काँग्रेसले जित दर्ता गरेको छ ।

यी हुन् एमालेबाट काँग्रेसले हात पारेका २४ स्थानीय तह
१) कैलाश गाउँपालिका मकवानपुरमा काँग्रेसका लोक बहादुर मुक्तानले ४,८९७ मत पाएका विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत पाएका छन् ।

२) महाबु गाउँपालिका दैलेखमा काँग्रेसका लछुमन गुरुङ २ हजार ९ सय ७९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरि प्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत पाएका छन् ।

३) भैरवी गाउँपालिका, दैलेखमा रिता कुमारी शाही ३ हजार ९ सय ७६ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सर्वराज महतारा ३ हजार ९ सय ६० मत ल्याएर विजयी भएका छन् ।

४) ठूली भेरी नगरपालिका, डोल्पामा काँग्रेसका शुर्वण कुमार बुढा १२ सय ८६ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कर्ण बहादुर रोकायाले ९ सय ४५ मत पाएका छन् ।

५) माछापुच्छ्रे गाउँपालिका कास्कीमा काँग्रेसका मिनबहादुर गुरुङ्ग ७ हजार ९९ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङ्ग ६ हजार ६ सय १७ मत पाएका छन् ।

६) घरपझोङ गाउँपालिका मुस्ताङमा काँग्रेसका मोहन सिंह लालचन ७ सय ६० मत पाई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सन्जयकुमार थकालीले ७ सय ५८ मत पाएका छन् ।

७) कुम्मायक गाउँपालिका पाँचथरमा काँग्रेसका बम्म प्रसाद लावतीले ३ हजार ५७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीम प्रसाद सम्बाहाम्फे लिम्बुले २ हजार ९ सय मत पाएका छन् ।

८) साँगुरीगढी गाउँपालिका धनकुटामा नेपाली कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कुमार जंग याखाले ४ हजार ८२८ मत पाएका छन् ।

९) छथर जोरपाटी गाउँपालिका धनकुटामा काँग्रेसका छत्र बहादुर सुव्वा ४ हजार ३५९ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत पाएका छन् ।

१०) स्वामीकार्तिक खापर गाउँपालिका बाजुरामा कांग्रेसका भरत बहादुर रोकाया २ हजार ११ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका चतुरभुज शाहीले १७ सय ५७ मत पाएका छन् ।

११) आठराई गाउँपालिका, तेह्रथुम कांग्रेसका दिल कुमार पाहीम ४ हजार ६९२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत पाएका छन् ।

१२) फेदाप गाउँपालिका तेह्रथुममा काँग्रेसका केशव प्रसाद भेटवाल ४ हजार ४१ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरि प्रसाद चोङवाङ लिम्बूले ३ हजार ८ सय ७९ मत पाएका छन् ।

१३) खाँदबारी नगरपालिका, संखुवासभामा काँग्रेसका महेश थपलिया ७ हजार ६३४ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जित बहादुर घिमिरेले ५ हजार ५८९ मत पाएका छन् ।

१४) मष्टा गाउँपालिका बझाङमा कांग्रेसका ज्ञान बहादुर बोहरा ३ हजार ८३ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपक बहादुर रोकायाले २ हजार ३३७ मत पाएका छन् ।

१५) सभापोखरी गाउँपालिका संखुवासभामा काँग्रेसका भिम बहादुर लिम्बु ३ हजार ७ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न वहादुर सुब्बाले २ हजार ३०५ मत पाएका छन् ।

१६) केपिलासगढी गाउँपालिका खोटाङमा काँग्रेसका समिर राई २२ सय ४४ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माइतिराज राईले १८ सय ८ मत पाएका छन् ।

१७) सोताङ गाउँपालिका सोलुखुम्बुमा काँग्रेसका खिलराज बस्नेत १६ सय ४८ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश कार्कीले १५ सय २० मत पाएका छन् ।

१८) सन्दकपुर गाउँपालिका इलाममा काँग्रेसका तुला राम गुरुङ्ग ४ हजार २२३ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उदय बहादुर राईले ३ हजार २५८ मत पाएका छन् ।

१९) आदर्श गाउँपालिका डोटीमा काँग्रेसका गणेश वहादुर खड्का ३ हजार ७७३ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका डम्वर वहादुर ओलीले ३ हजार ३७७ मत पाएका छन् ।

२०) लडाँडी गाउँपालिका कञ्चनपुरमा काँग्रेसका हरिश चन्द्र राना ४ हजार १०३ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत पाएका छन् ।

२१) नवदुर्गा गाउँपालिका डडेलधुरामा काँग्रेसका लक्ष्मी प्रसाद अवस्थी २ हजार ८७१ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कबीन्द्र बहादुर बिष्टले २ हजार ६०६ मत पाएका छन् ।

२२) रेसुङ्गा नगरपालिका गुल्मीमा काँग्रेसका खिलध्वज पन्थी ८ हजार ६१४ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्र प्रसाद पाण्डेयले ७ हजार ३२० मत पाएका छन् ।

२३) मदाने गाउँपालिका गुल्मीमा काँग्रेसका महेन्द्र बहादुर कुवँरले ४ हजार ७०७ मत पाई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमबहादुर के.सी.ले ४ हजार ६९७ मत पाएका छन् ।

२४) हरिपुर नगरपालिका सर्लाहीमा काँग्रेसका गोपाल पजियार ६ हजार ९३८ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकीले ३,८८७ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal