आज :

हेटौंडामा गठबन्धन १ मतले अगाडि, एमाले तेस्रो स्थानमा, २ नम्बरमा को छ ?

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । ११ हजार ६७३ गन्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा ३ हजार ४५६ मतसहित एक मतको अग्रता बनाएकी छिन् ।

उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३ हजार ४५५ मतका साथ पछ्याई राखेको अवस्था छ । यता एमालेको उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने गठबन्धनबाट काँग्रेस उम्मेदवार राजेश बानियाँले ५ हजार १०३ मतसहित फराकिलो अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवार सुमित्रा काफ्ले ३ हजार ९५६ मतका साथ पछ्याइ राखेको अवस्था छ ।

यस्तै राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत पाएकी छिन् । उता वीरगञ्ज महानगर प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।

मेयरमा जसपा नेपालबाट उम्मेदवारी दिएका राजेशमान सिंहले ४ हजार १७५ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवारी दिएका विजयकुमार सरावगीले एक हजार ८८४ मत पाएका छन् ।

सिंहसँग सरावगी २२९१ मतले पछाडि परेका छन् । महानगर प्रमुखमै उम्मेदवार बनेका राप्रपाका गिरीश गिरीले १३४ मत पाएका छन् । यस्तै, उपप्रमुखमा सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बनेका नेपाली काँग्रेसका इम्तियाज आलमले २ हजार ८१६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तम लाल झाले ४६३ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal