आज :

ओलीको गृहनगर दमकको ताजा मतपरिणाम सार्वजनिक, राप्रपाले ह्वात्तै बढायो मतान्तर

  • अनलाइन डबली

काठमाडौँ । झापाको दमक नगरपालिकाको मेयरमा गठबन्धनका राम थापाले अग्रता कायमै राखेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का थापाले ३७ सय २९ मतसहित अग्रता कायम राखेका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२ सय ७२ मत ल्याएकी छन्। उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी रेगिना भट्टराईले अग्रता कायम राखेकी छिन्।

उनले ३१ सय ३९ मत ल्याउँदा एमालेका अम्बिकाप्रसाद खनालले २९ सय २ मत प्राप्त गरेका छन्। दमक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो। यहाँ ६ दलीय गठबन्धनबीच चुनावी तालमेल रहेको छ।

यसअघि दमकमा एमालेका रामनाथ ओली मेयरमा विजयी भएका थिए। उतासुनसरीको इटहरी उपमहानगरको मेयर पदमा गठबन्धनले अग्रता जारी राख्दा उपमेयरमा एमाले उम्मेदवार अगाडि छन्।

मेयर पदमा गठबन्धनका कांग्रेस उम्मेद्वार हेमकर्ण पौडेलले ३५ सय २५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेदवार याम सुब्बा २७ सय २८ मत पाएका छन्।

उपमेयरमा एमाले उम्मेदवार संगीता चौधरी २९ सय ७२ मत पाएकी छन्। गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका केशव विष्ट २१९५ मतसहित दोस्रोमा छन्।

त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्मको गणनाअनुसार एमालेका मेयर उम्मेदवार सुखदेव यादवले ११९६ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार योगेन्द्र पंजियारले १०८८ मत पाएका छन्। निवर्तमान मेयर समेत रहेका पंजियार कांग्रेस धनुषाका सभापति हुन्।

त्यसैगरी उपमेयरमा पनि एमालेकी सालिनी चौधरी अगाडि छिन्। उनले १११९ मत प्राप्त गर्दा कांग्रेसकी उपमेयर उम्मेदवार रचना माथेमाले ९२० मत प्राप्त गरेकी छिन्।

सुपको बैतडीको पन्चेश्वर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन्। उनले नेपाली कांग्रेसका रमेश सिंह भण्डारीलाई पराजित गरेका हुन्।

पन्चेश्वरमा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो। चन्दले ३ हजार ७ सय २८ मत प्राप्त गरे भने पराजित भएका भण्डारीले २ हजार ४ सय ८८ मत प्राप्त गरे।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी विना भट्ट विजयी भएकी छिन्। उनले नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्रबहादुर चन्दलाई पराजित गरेकी हुन्। भट्टले ३ हजार ६४ मत प्राप्त गरिन्। गठबन्धनका उम्मेदवार चन्दले २५०० मत प्राप्त गरे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal