आज :

लेखेर राख्नुस् जित्ने मैले नै हो, बालेन तेस्रो हुन्छ- केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।

जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।

गणनामा पछि परे पनि नेकपा एमाले उम्मेदवार केशव स्थापितले आफैंले जित्ने दाबी गरेका छन्। सञ्चारकर्मीसँगकाे कुराकानीमा उनले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताए।

‘मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी छैन,’ स्थापितले भने, ‘जित्ने मैले नै यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेश्रो हो।’

उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह गरे। ‘केही घन्टापछि हेरौं,’ स्थापितले भने, ‘म अहिले ध्यानमा छु।’

यस्तै विराटनगर महानगरपालिकाको प्रमुख पदमा विपक्षीभन्दा नागेश कोइराला ८०२ मतले अगाडि देखिएका छन्। निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको मत परिणामअनुसार कोइरालाको मतअन्तर बढ्दै गएको हो।

भर्खरै घोषित विवरणअनुसार गणना भएको ९२७४ मतमध्ये कोइरालाको पक्षमा २९३२ मत छ। यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई २१३० मत प्राप्त भएको छ। स्वतन्त्र उम्मेदवार उमेश यादव तेस्रो स्थानमा छन्। उनले ९६१ मत पाएका छन्।

प्रमुख पदमा गठबन्धनका उम्मेदवार कोइरालाको मतान्तर बढ्दै जाँदा उपप्रमुखमा भने एमालेकी उम्मेदवार शिल्पा कार्कीले पनि मतान्तर बढाउँदै लगेकी छिन्। उनले ७९४ मत बढी ल्याएकी छन्।

उपप्रमुख पदमा भने गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले एमालेकी उम्मेदवार शिल्पा कार्की अगाडि देखिएकी छिन्। उनले २४७२ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले १६७८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले उपप्रमुखमा ५४५ मत पाएकी छिन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal