आज :

यस्तो आयो कर्णालीका ६ पालिकाको नतिजा, कुन पार्टीलाई कति ?

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशमा ६ वटा पालिकामा नेतृत्व चयन भएको छ। निर्विरोध भएका ३ पालिकासहित ६ पालिकाको निर्वाचन नतिजा आइसकेको छ।

७९ स्थानीय तह रहेको कर्णालीमा ७३ स्थानीय तहको मतगणना भने जारी छ। हिमाली जिल्लाहरू डोल्पा, हुम्लासँगै दैलेखका केही पालिकाको निर्वाचन नतिजा आइतबार बिहानसम्म सार्वजनिक भएका छन्।

डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्विरोध नेतृत्व चयन भएका छन्।

काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भएका थिए भने छार्काताङसोङ गाउँपालिकामा सेनाङ गुरूङ अध्यक्षमा निर्विरोध भएका थिए।

उनीहरू २०७४ को स्थानीय तह चुनावबाट पनि एमालेबाट अध्यक्ष बनेका थिए। एमाले विभाजपछि दुवै जना नेकपा एकीकृत समाजवादी बनेका हुन्।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पनि समाजवादीकै पेमा वाङ्जु गुरूङ निर्विरोध भएकी थिइन्। डोल्पाकै शे–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावा सम्डुक गुरूङ निर्विरोध भएका छन्।

निर्विरोध नेतृत्व चयन भएकाबाहेक डोल्पाका अरू पालिकामध्ये शनिबार जगदुल्ला गाउँपालिकाको नतिजा आएको हो। जगदुल्लामा माओवादीबाट अध्यक्षका उम्मेदवार नारसिं रोकायाले ७७० मतसहित निर्वाचित भए।

एमालेका हेमबहादुर महतराले २४ मतले पछि परे। यसैगरी उपाध्यक्षमा पनि माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर निर्वाचित भइन्। आइतबार नतिजा आएको दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छवि सुवेदी निर्वाचित भएका छन्।

सुवेदीले ३ हजार २०० मत पाए भने कांग्रेसका भदे बुढामगरले २ हजार ५४४ मत पाए। कांग्रेसका बुढामगर २०७४ को निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका थिए। २०७४ मा जिल्लाभर एउटा सदस्यमात्र जितेको माओवादीले यसपटक कांग्रेस र एमालेलाई हराउँदै नौमुलेमा नेतृत्व लिएको हो।

नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन गरिएको थियो। नौमुलेको उपाध्यक्षमा समाजवादीका गंगबहादुर शाही निर्वाचित भए। उनले २ हजार ८३४ पाएका छन्।

यस्तै, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृहपालिका हुम्लाको खार्पुनाथमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ। अध्यक्षमा कर्णबहादुर रावल १ हजार ८१० मत ल्याए। अर्का उम्मेदवार नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत ल्याए।

यहाँ काँग्रेस र माओवादीबीच गठबन्धन थियो। गठबन्धन अनुसार उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंह १ हजार ८७२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal