आज :

यस्तो छ काठमाडौँको ताजा मतपरिणाम, बालेनले ह्वात्तै बढाए मतान्तर, हेर्नुहोस बिस्तृतमा

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्। आइतबार बिहानसम्म उनले १९१७ मत पाइसकेका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११८९ मत पाएका छन्। उनीहरूबीच झन्डै आठ सयको मतान्तर छ। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ९९२ मत पाएकी छन्।

यस्तै विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले २५८३ र एमाले उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६ मत प्राप्त गरेकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत प्राप्त गरेकी छन् ।

काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् । आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् ।

उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए । नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छिन् । उनले १ हजार ४७२ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् ।

शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेकै उम्मेदवार टासी ल्हमु शेर्पाले २०२३ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्मला कार्की थापा मगरले १५८२ र नेकपा माओवादी केन्द्रका एञ्जल राईले ११३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal