काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएका छन् ।
उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले १६४० र एमालेका अम्बिका खनालले १५०९ मत प्राप्त गरेका छन् । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका छन् ।
धरान उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायम छ । मेयरमा काँग्रेसका किशोर राई १३४० मत सहित अगाडि छन् । उनलाई ९२२ मत ल्याएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन ।
एमाले उम्मेदवार मन्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन । हालसम्म धरानको ३५०० मत गणना भैसकेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा दीपनारायण यादवले १ हजार १४३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत ल्याएका थिए ।
त्यस्तै सदस्यहरूमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पन्त १ हजार ११९, विजय कुमार साह ९५६ र मनोज कुमार पूर्वे ९२० मत ल्याएर विजयी भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । २७५३ मत गन्दा हमालले १२९२ मतका साथ अग्रता लिएका छन् ।
यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ७६२ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट शान्ति अधिकारीले ६३८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४४८ मत ल्याएका छन् ।
हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादी र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । ५२६७ मत गन्दा मेयरमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मीना लामा १५८९ मत ल्याउँदै अघि रहेकी छन् ।
नेकपा एमालेका अनन्त पौडेलले १५५० मतले ल्याएछन् ।उपमेयरमा भने काँग्रेस उम्मेदवार राजेश बानियाले २२६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्ले १८९१ मत ल्याएकी छन् ।