आज :

बुटवलको ताजा मतपरिणाम- मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् ।

आइतबार बिहान ५ बजेसम्म ५ हजार ७७ मत गणना हुँदाको परिणाम अनुसार पाण्डेयले २२१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी छ ।

नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचनले ६१३ मत पाएका छन् । उपमेयरमा भने नेकपा एमालेकी साबित्रादेवी अर्यालले १४८२ मत ल्याएर अग्रता लिएकी छन् ।

गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन् । राप्रपाकी भगवति पाण्डेले ८०४ मत पाएकी छन् ।

उता दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाए ।

दैलेख माओवादीको कर्णाली प्रदेशकै कमजोर जिल्लाका रुपमा चिनिन्छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा माओवादी दैलेखमा शून्य थियो ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८४३ मत पाए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् ।

तेस्रो भएकी एमालेकी गीत चन्दले १९१८ मत पाइन् । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal