आज :

१ हजार मत गन्दा कति मतले अगाडी छिन रेनु ? भरतपुरबाट भर्खरै आयो यस्तो अपडेट

काठमाडौँ । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । १ हजार मत गणना हुँदा रेनुले ३७० मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३९ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । जगन्नाथ खतिवडाले १२१ मत ल्याएका छन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्ला परिणामअनुसार साहले ७३६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत पाएका छन् ।

त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ४२६ मत पाएकी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२, राप्रपाका मदनदास श्रेष्ठले ६८ र विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत पाएकी छन् ।

उता जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता तिब्र पारेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार सुडीले ७९० मतका साथ अग्रस्थानमा छन्।

सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले २५१ मत ल्याएका छन्। कांग्रेसले मेयर पद जसपालाई छाडेपछि सुडीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

गठबन्धनका तर्फबाट निवर्तमान मेयर लालकिशोर साह नै उम्मेदवार बनेका थिए। उनी अहिलेसम्मको नतिजाअनुसार पाँचौँ स्थानमा छन्। उनले ५३ मत पाएका छन्।

त्यस्तै तेस्रो स्थानमा लोसपाका मनोज चौधरीले १७१ मत पाएका छन्। चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १६६ मत पाएका छन्। ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले आफ्नो अग्रता कामय राखेका छन् ।

६ सय मत गनिसक्दा गठबन्धनबाट नेपाली काँग्रेसबाट उम्मेदवार रहेका महर्जनले ३२६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १८१ मत ल्याएका हुन् ।

गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा काँग्रेसका उम्मेदवार खिलध्वज पन्थी विजयी भएका छन् । नेपाली काँग्रेस गुल्मीको जिल्ला सभापति समेत रहेका पन्थी एमालेका राजेन्द्र प्रसाद पाण्डेयलाई हराउँदै विजयी भएका हुन् ।

पराजित पाण्डेयले ७ हजार ३२० मत पाए भने पन्थीले ८ हजार ६१४ मत पाए । यस्तै उपमेयरमा पनि काँग्रेसकै उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छिन् । उनले एमालेकी रिपा पाण्डेलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal