आज :

यस्तो आयो काठमाडौँको ताजा मतपरिणाम, बालेनलाई पछ्याउदै स्थापित र सिर्जना

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्ला परिणामअनुसार साहले ७३६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत पाएका छन् ।

त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ४२६ मत पाएकी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२, राप्रपाका मदनदास श्रेष्ठले ६८ र विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत पाएकी छन् ।

उता जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता तिब्र पारेका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार सुडीले ७९० मतका साथ अग्रस्थानमा छन्।

सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले २५१ मत ल्याएका छन्। कांग्रेसले मेयर पद जसपालाई छाडेपछि सुडीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

गठबन्धनका तर्फबाट निवर्तमान मेयर लालकिशोर साह नै उम्मेदवार बनेका थिए। उनी अहिलेसम्मको नतिजाअनुसार पाँचौँ स्थानमा छन्। उनले ५३ मत पाएका छन्।

त्यस्तै तेस्रो स्थानमा लोसपाका मनोज चौधरीले १७१ मत पाएका छन्। चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले १६६ मत पाएका छन्।

त्यस्तै, राजनीतिक दलहरूबीच विवाद हुँदा स्थगित भएको ८५ मध्ये १४ मतदान केन्द्रको पुन: मतदान हुने मिति तय भए पनि अन्यको अझै अनिश्चित बनेको छ ।

पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले स्थगित भएको स्थानमा मिति तय गरेर निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने हुन्छ । आयोगमा अबेरसम्म १४ मतदान केन्द्रको मात्रै प्रस्तावित मितिको बारेमा जानकारी गराएको छ । निर्वाचन आयोगका अनुसार स्थगित भएका सबै मतदान केन्द्रमा नयाँ मतदान अधिकृत खटाइने छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको ‘क’ र ‘ख’ मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका १ भगवती मावि, पचाल झरना, बझाङको जयपृथ्वी नगरपालिका नगरपालिका–७ सुनिपिपलचौर मावि ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन आइतबार हुदैछ ।

आयोगका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि ‘क’, ‘ख’, ‘ग’ मा सोमबार निर्वाचनको मिति तय गरिएको छ । रामेछापको खाँडादेवी नगरपालिकामा सोमबार निर्वाचन हुँदैछ । कांग्रेस र माओवादी केन्द्रको कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको थियो ।

कञ्चनपुरको पुनर्वास विजय माविमा ‘क’ र ‘ख’ मतदान केन्द्र, बझाङको केदारस्यू गाउपालिका ४ जगनाथ माविको ‘क’ र ‘ख’ मतदान केन्द्र, बझाङको सुर्मा गाउँपालिका ७ कृष्ण प्रावि मतदान केन्द्र र सुर्मा ८ को आधाबगर माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन सोमबारलाई तय भएको आयोगले जनाएको छ । आधारबगरमा एउटै व्यक्तिले दोस्रो पटक पनि मतदान गर्न खोज्दा विवाद भएपछि मतदान अवरुद्ध भएको थियो ।

रौतहटको फतुवाविजयपुर नगरपालिका–७ स्वास्थ्यचौकी ‘क’ र ‘ख’ मतदान केन्द्र, देवाही गोनाही नगरपालिका २ जनप्रिय प्रावि ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन जेठ ३ मा गर्न प्रस्ताव आएको आयोगले जनाएको छ ।

जनप्रियमा निर्वाचन सामग्री, मतपत्र नपुग्ने भएकोले मिति यकिन भइसकेको छैन । यस्तै काभ्रेको पाँचखाल नगरपालिका १३ श्रीराम मावि कोशीदेखाको ‘क’ र ‘ख’ मतदान केन्द्रमा मंगलबार निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal