आज :

पपुलर मतमा बालेनलाई उछिन्दै सुनिता डंगोल, उपमेयरमा कति मतले गर्दैछिन लिड ?

काठमाडौँ । काठमाडौँ महानगरको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छन् ।

सहायक निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार वडा नम्बर एकको ५ सय मत, वडा नम्बर ३२ को ५ सय मत तथा वडा नम्बर २ को १८० मत गन्दा डंगोलकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझा भने ३५ मतमा सीमित बनेको छ । उता मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत ल्याउँदै अग्रता कायम राखेका छन् ।

साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन् भने काँग्रेसबाट मेयर पदकी प्रत्याशी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् ।

यस्तै भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच कडा टक्कर देखिएको छ । महानगरको ४०० मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले १५० मत ल्याएकी छन् । यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि १५० मत ल्याएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १८० र राप्रपाका उम्मेदवार हिमला गुरुङले ८० मत पाएकी छिन् ।

उता पर्साका वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनमा साझा उम्मेदवार राजेश मान सिंहले अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका नेताबाट उम्मेदवार बनेका सिंहले ७९ मतकाम साथ अग्रता लिएका हुन् ।

नेकपा एमालेबाट एमाले–लोसपा साझा उम्मेदवार विजय सरावगीले ५३ मतका साथ सिंहलाई पछ्याइरहेका छन् । उपमेयरमा काँग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार रहेका इम्तियाज आलमले ३९ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

उनलाई लोसपाबाट एमाले–लोपसाका साझा उम्मेदवार पुरुषोतम लाल झाले १२ मत ल्याएर पछ्याइरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदा काँग्रेसको बागी उम्मेदवार मनोज साहले करिब तेब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।

जनकपुरधाम उपमहानगर वडा १ को ११८० मतगणना हुँदा काँग्रेसका बागी मनोजले ४०६, नेकपा एमालेका शिवशङ्कर साह हिराले १५०, स्वतन्त्र उम्मेदवार बलराम महतोले ८७, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीले ६८ मत ल्याएका छन् ।

पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका जसपा नेपालका लालकिशोर साह भने छैटौँ स्थानमा छन् । उनले अहिलेसम्ममा ६० मत मात्र ल्याउन सकेका छन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरको उपमेयरमा काँग्रेसको किशोरी साहले ४६३ मत, एमालेकी उम्मेदवार रुना झाले १८२, लोसपा नेपालका उम्मेदवार रिताकुमारी मिश्रले ८२ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ८२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । किशोरी पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal